काठमाडौं, ८ भदौ । सरिता गिरीले नेपाल सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

स्वर्गीय प्रदीप गिरीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उनको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको सरिताले घोषणा गरेकी हुन् ।

‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिताले फेसबुकमा लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उत्तराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुवै हुने छ ।’

२०७४ सालदेखि सिराहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहीँका जनताबीच कर्मभूमि रहेको बताएकी छन् ।