एजेन्सी, ७ भदौ । बंगलादेशले एसिया कप क्रिकेटका लागि आफ्नो टोली घोषणा गरेको छ । बंगलादेशले शकिब अल हसनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि घोषण गरेको टोलीबाट विकेटकिपर नुरुल हसन र तीव्र गतिका बलर हसन महमुद बाहिरिदा ओपनर मोहम्मद नइम टोलीमा थपिएका छन् ।

एसिया कप २७ अगस्टबाट युएईमा सुरु हुँदैछ । समूह ’बी’ मा रहेको बंगलादेशले ३० अगस्टमा अफगानस्तानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

बंगलादेशी टोलीः

शकिब अल हसन (कप्तान), परभेज हुसेन इमोन, मोहम्मद नइम, अनमुल हक, मुस्फिकुर रहिम, साबिर रहमान, महमुदुल्लाह, मेहदी हसन, अफिफ हुसेन, मोहम्मद सैफुद्दिन, नसुम अहमद, मोसाद्देख हुसेन, मेहदी हसन मिराज, मुस्ताफिजुर रहमान, तस्किन अहमद, इवादत हुसेन