भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड कोरोना संक्रमित

एजेन्सी, ७ भदौ । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोरोना संक्रमण देखिएको छ ।
एसिया कप क्रिकेट नजिकिँदै गर्दा द्रविडलाई कोरोना पुष्टि भएको भारतीय क्रिकेट बोर्डले जनाएको हो ।
कोरोना देखिएपछि उनी एसिया कपका लागि तत्काल लागि यूएई नजाने भएका छन् । एसिया कप २७ अगस्टबाट यूएईमा सुरु हुनेछ । एसिसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली छन् । छनोट खेलिरहेका यूएई, कुवेत, हङकङ र सिंगापुरमध्ये एक टोली यो समूहमा हुनेछ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । टी–२० शैली प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा उनीहरूले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।
फाइनल खेल ११ सेप्टेम्बर हुनेछ । प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच २७ अगस्टमा प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


