दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढ्दै

एजेन्सी, ७ भदौ । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् ।
सोमबार मध्यरातसम्मको अभिलेखअनुसार १ लाख ५० हजार २५८ कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
योसँगै देशमा कारोना पीडित हुनेको संख्या २ करोड २४ लाख ४९ हजार ४७५ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार १०३ जनामा पुष्टि भएको संक्रमण सोमबार ह्वात्तै बढेको हो ।
संक्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या २६ हजार १६१ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


