दन्त चिकित्सक श्रेष्ठले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, ७ भदौ । नेपाली दन्त चिकित्सक तथा प्राध्यापक डा. रबिन्द्रमान श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।
श्रेष्ठले ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ प्राप्त गरेका हुन् ।
भारतको लखनउमा भएको विश्व दन्त सम्मेलनको अवसरमा प्रा.डा. श्रेष्ठलाई सो अवार्ड प्रदान गरिएको छ ।
दन्त चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत साइनोडेन्ट ग्लोबल हेल्थकेयरले ‘बेष्ट ओभरसिज डेन्टिस्ट अफ द इयर’ विधाबाट श्रेष्ठलाई यो अवार्ड दिइएको हो ।
अटलविहारी बाजपेयी साइन्टिफिक कन्भेन्सन सेन्टरमा आयोजित विशेष समारोहमा साइनोडेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.अनमोल बगरियाले उक्त अवार्ड प्रदान गरे ।
प्रा.डा. श्रेष्ठ हाल काठमाडौँ विश्वविद्यालय अन्तर्गत कान्तिपुर डेन्टल कलेजमा प्रिन्सिपलका रुपमा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


