मंगलबार ६३४ नयाँ संक्रमित थपिए, ४१७ जना संक्रमणमुक्त

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५७४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ । जसमध्ये ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् ।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


