एजेन्सी, ७ भदौ । भारतीय जनता पार्टीकी नेतृ एवं अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ ।

उनी आफ्ना केही कर्मचारीसँगै गोवा भ्रमणमा गएका बेला हृदयाघातका कारण निधन भएको हो ।

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले सोनालीको निधनप्रति दुःख व्यक्त गरेका छन् । हरियाणाका पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदिप बिश्नोईविरुद्ध मैदान उतारेको थियो । यद्पि उनले चुनाव हारेकी थिइन् ।

अहिले कुलदीप कांग्रेस छोडेर भाजपा प्रवेश गरेका छन् । सोनाली रियालिटी शो बिग बोसको एक सदस्य थिइन् ।