‘द कपिल शर्मा सो’को नयाँ सिजनमा हुने छैनन् कृष्णा अभिषेक

एजेन्सी, ६ भदौ । भारतीय टेलिभिजन सो ‘द कपिल शर्मा सो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ ।
नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने हुने छैनन् ।
कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ सोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।
अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् । उनले आफू ‘सारेगामापा लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिल सोमा धेरै समय दिन नसकेको खुलाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


