फिलिपिन्समा कोरोना संक्रमण बढ्दै

एजेन्सी, ६ भदौ । फिलिपिन्समा कोरोना संक्रमण बढेको छ । त्यहाँ २४ घण्टाको समयावधीमा ४९ जनाको ज्यान गएको छ ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ३ हजार ६४३ जनामा कोरोना संक्रमण भएको थियो । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार त्यहाँ पछिल्ला केही हप्तामा संक्रमण बढ्दो देखिएको छ ।
त्यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो ।
त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


