सोमबार ६५८ नयाँ संक्रमित थपिए, ४५६ जना संक्रमणमुक्त

काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ भने ४५६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९३ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


