एनपिएलमा ‘जनकपुर रोयल्स’ टिमले सहभागिता जनाउने

जनकपुरधाम, ६ भदौ । सेप्टेम्बरको अन्तिम सातादेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरधामको टिमले पनि सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा आगामी सेप्टेम्बर २४ तारिखबाट हुने एनपीएलमा जनकपुरधामको टिमले पनि सहभागिता जनाउन लागेको सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
सो लिगमा ६ वटा टिमले सहभागिता जनाउने भएको छ । जसमध्ये ४ वटा टिम पक्कापक्की भइसकेका छन् भने बाँकी दुई वटा टिमको निक्र्यौल लाग्न बाँकी रहेको छ ।
जनकपुरधामको जनकपुर रोयल्स, कान्तिपुर टिम, लुम्बिनीको लुम्बिनी अल स्टार्स र विराटनगरको विराटनगर सुपर किंग्सले सहभागिता जनाउने निश्चित भइसकेको छ । जनकपुर रोयल्स टिमलाई भारत जयपुरको गोल्ड स्पोर्ट्स प्रा.लि.ले खरिद गरेको छ । जानकी माताको सेवा गर्ने सोच पहिल्यैदेखि रहेकोले जनकपुरको टिम आफूले खरिद गरेको गोल्ड स्पोर्ट्स प्रा.लि.का निर्देशक गौरीशंकर धमानीले बताए ।
जनकपुरको यो टिम उनले कति मूल्यमा खरिद गरेको सम्बन्धमा केही खुलाएनन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा बाँडिएको छ । ‘ए’ श्रेणीका खेलाडीको बेस प्राइस १५ लाख, ‘बी’ श्रेणीका खेलाडीको १० लाख र ‘सी’ श्रेणीका खेलाडीको ५ लाख रुपैयाँ तोकिएमो छ ।
लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरुले समेत सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी हुन चाहने ९६ जना खेलाडी निलामी हुनेछ । निलामीमा ६६ जना नेपाली खेलाडी र ३० जना विदेशी खेलाडी सहभागी हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


