वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज न्यूजिल्याण्डको कब्जामा

एजेन्सी, ६ भदौ । घरेलु टोली वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज न्यूजिल्याण्डले आफ्नो पक्षमा पारेको छ ।
उसले आज बिहान सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाँच विवेटको जित निकाल्दै तीन खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।
३०२ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि कप्तान टाम लाथम, डारियल मिचेल, मार्टिन गप्टिल, डेभन कन्वेले अर्धशतकीय पारी खेले । ७५ बलको सामना गरेका लाथमले ६ चौकासहित ६९ रनको योगदान दिए ।
४९ बलको सामना गरेका मिचेलले ६ चौका र एक छक्कासहित ६३ रन बनाए । ५७ रन जोडेका गप्टिलले ६४ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
कोन्वेले ६३ बलमा ६ चौकासहित ५६ रनको योगदान दिए । अविजित रहेका जेम्स नीशमले ३४ तथा माइकल ब्रेसवेलले १४ रन जोडे । वेस्ट इण्डिजका लागि यानिक कारिया र जेसन होल्डरले दुई/दुई तथा अल्जारी जोसेफले एक विकेट लिए ।
त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो ।
उसका लागि काइल मायर्सले शतकीय तथा कप्तान निकोलस पूरन र शाई होपले अर्धशतकीय पारी खेले । ११० बलको सामना गरेका मेयर्सले १२ चौका र तीन छक्कासहित १०५ रन बनाए ।
९१ रनको उत्कृष्ट पारी खेलेका पूरनले ५५ बलमा ९ छक्का र चार चौका प्रहार गरे । होपले १०० बलमा तीन चौका र एक छक्कासहित ५१ रन बनाए । अल्जारी जोसेफ २० रनमा अविजित रहे ।
न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले तीन, मिचेल सान्टनरले दुई तथा टिम साउदी, लोकी फर्गुसन र जेम्स नीशमले एक/एक विकेट लिए ।यसअघि वेस्ट इण्डिज पाँच विकेट तथा न्यूजिल्याण्ड ५० रनले विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


