एजेन्सी, ५ भदौ । बलिउड अभिनेत्री सोनम कपुरले छोरालाई जन्म दिएकी छिन् । सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए ।

बलिउड अभिनेता तथा सोनम कपुरका पिता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट सेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।

उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’

आनन्द आहुजाले पनि छोराको जन्मको खुसीको खबर सेयर गर्दै चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यलाई धन्यवाद दिएका छन् ।