काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।