पशुपति आर्यघाटमा प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरा सन्तोषले दिए दागबत्ती

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
शनिबार राति निधन भएका गिरीको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।स्व.गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरीका श्रीमती र एक छोरा छन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


