काठमाडौं, ५ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन् ।

गिरी भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि पुर्याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन् ।

उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।