काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ ।

७५ वर्षको उमेरमा नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको निधन भएको कांग्रेस नेता पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।