काठमाडौं, ४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६७० जनाको पीसीआर परीक्षण गर्दा १८० र २ हजार ६६७ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ९९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ ।