अल्ट्रासाउण्डसहितको स्वास्थ्य उपकरणहरु प्रयोगविहीन

सप्तरी, ४ भदौ । सप्तरीको एक प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरिएको अल्ट्रासाउण्डसहितको स्वास्थ्य उपकरणहरु प्रयोगविहीन बनेका छन् ।
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा दिन गत आर्थिक वर्षको बजेटबाट खरिद गरेको अल्ट्रासाउण्ड मेसिन, एक्स–रे, इसीजी मेसिन जनशक्ति अभावको कारण सञ्चालनमा आउन सकेको छैन ।
प्रयोगशालामा खरिद गरिएको अत्याधुनिक हेमाटोलोजी एनालाईजर, बायो केमेस्ट्रि एनालाईजर विद्युतको भोल्टेज नपुग्दा सञ्चालन गर्न समस्या भएको त्यहाँ कार्यरत ल्याब टेक्निसियन विद्यानन्द चौधरीले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा थ्रीफेज विद्युत उपलब्ध नरहेको, रहेको विद्युतमा पनि भोल्टेज नपुग्ने र छिनछिनमा अवरुद्ध हुने समस्याले प्रयोगशालामा रहेको उपकरणबाट सेवा दिन असहजत भएको चौधरीको भनाइ छ ।
त्यहाँ चिकित्सकको दरबन्दी रहे पनि कार्यरत डाक्टर बिक्रम महतो दुई वर्षदेखि अध्ययन विदामा रहेको र त्यसको विकल्पमा अन्य डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या रहेको प्रमुख साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


