इजरायलको गुप्तचर एजेन्सी ‘मोसाद’ मा निर्देशकको रुपमा पहिलो पटक महिला नियुक्त

एजेन्सी, ३ भदौ । इजरायलको गुप्तचर एजेन्सी ‘मोसाद’ मा निर्देशक र इरान डेस्कको प्रमुखको रुपमा पहिलो पटक कुनै महिलालाई नियुक्त गरिएको छ ।
इजरायलको विदेश मन्त्रालयको डिजिटल कूटनीति टोलीको आधिकारिक ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो ।
यस ट्वीटमा भनिएको छ, ‘आज मोसाद इन्टेलिजेन्स अथोरिटीको निर्देशकको पदलाई ‘ए’ ले सम्हालेकी छिन् भनेर घोषणा गर्न चाहन्छ । मोसादको इतिहासमा यो पदमा बस्ने उनी पहिलो महिला हुन् ।’ उनको दर्जा इजराइली सेनाको गुप्तचर संस्थाको प्रमुखको स्तरको हुनेछ ।
सोही ट्वीटमा अर्की वरिष्ठ महिला एजेन्ट ‘के’ ले इरान डेस्कको प्रमुखको जिम्मेवारी सम्हालेको पनि बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


