शुक्रबार ६२३ नयाँ संक्रमित थपिए, ४८७ जना संक्रमणमुक्त

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४ रहेको छ । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा छन् भने १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् ।
यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


