काठमाडौं, २ भदौ । राष्ट्रपति विद्या देवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ ।

विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल गर्नुपर्ने विषय गठबन्धनका नेताहरुले अँध्यारो कोठामा बसेर निर्णय गरी संसदलाई बन्धन बनाउन हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन् ।