मंगलबार ८४८ नयाँ संक्रमित थपिए, ५२६ जना संक्रमणमुक्त

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु छ भने ५२६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।
हाल देशभर कोरोनाका ५ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा छन् ।
यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


