काठमाडौं, ३१ साउन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाहरुमा वार्षिक अनुगमन शुल्क तोकेको छ ।

आयोगले चिकित्सा शिक्षा आयोगको कोष संचालन कार्यविधधि २०७७ अनुसार उक्त शुल्क तोकेको जनाएको छ ।

आयोगका अनुसार एमबीबीएस र बिडिएसको २÷२ लाख, नर्सिङको १ लाख र अन्य कार्यक्रमको ५० हजार वार्षिक अनुगमन शुल्क लाग्नेछ ।