इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सासुओलोलाई ३–० ले हरायो

काठमाडौं, ३१ साउन । डेब्यु खेलाडी एन्जल डि मारियाको गोलमा इटालियन सिरी ‘ए’ लिगमा युभेन्ट्सले सोमबार राति सासुओलोलाई ३–० ले पराजित गरेको छ ।
टुरिनस्थित एलियन्ज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन यसै सिजन अनुबन्ध भएका डि मारियाले एक गोल गरे भने डुसान भ्लाहोभिकले दुई गोल गरे ।
खेलको २६औं मिनेटमा डि मारियाले अग्रता लिए । ४३ औं मिनेटमा डुसानले पेनाल्टी र ५०औं मिनेटमा डि मारियाको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।
डि मारिया यही सिजन फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन पिएसजीबाट इटाली आएका थिए । जितसँगै पहिलो खेलमै युभेन्ट्सले महत्त्वपूर्ण तीन अंक जोडेको छ । सासुओलोले भने हारबाट सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


