आइतबार ४५५ नयाँ संक्रमित थपिए, ३०२ जना संक्रमणमुक्त

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ र २ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने ३०२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ । जसमध्ये ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


