एजेन्सी, २९ साउन । अस्ट्रेलियाको राजधानी क्यानबेरा विमानस्थलमा गोली चलेको खबर छ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ ।

प्रत्यक्षदर्शीहरू अनुसार विमानस्थलमा तीनपटक गोली चलेको आवाज आएको थियो । प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ । केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । टर्मिनलको चेक इन गर्ने ठाउँमा गोलीबारी भएको थियो ।