एजेन्सी, २९ साउन । भारतका चर्चित शेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ । उनको मुम्बईको ब्रिच केन्डी अस्पतालमा निधन भएको हो ।

राकेश झुनझुनवाला ६३ वर्षका थिए । स्वास्थ्य खराब हुँदा आज बिहान मात्रै उनलाई अस्पताल लगिएको थियो ।

भारतका ‘वारेन बफेट’ भनिने राकेश झुनझुनवालाको आकासा एयरलाइन्सको विमानले यसै महिना पहिलो उडान भरेको थियो ।

उनले ४०० कर्मचारीसँग यो कम्पनी सुरु गरेका थिए ।