नेपाल चिकित्सक संघ आगामी निर्वाचनका लागि तयारीमा जुट्यो

काठमाडौं, २८ साउन । नेपाल चिकित्सक संघ आगामी निर्वाचनका लागि तयारीमा जुटेको छ ।
नयाँ कार्यकालका लागि हुन गइरहेको निर्वाचनका लागि डा. धनबहादुर राना मगर प्रमुख निर्वाचन अधिकृत तोकिएका छन् ।
शनिबार सम्पन्न ‘एनएमए काउन्सिल मिटिङ’ले डा. मगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो । उनले थप दुई जना निर्वाचन अधिकृत नियुक्त गरि निर्वाचनको मिति तोक्नेछन् ।
उनले यसअघि ७ पटक नेपाल चिकित्सक संघ र तीन पटक नेपाल मेडिकल काउन्सिलको प्रमुख निर्वाचन अधिकृत भई निर्वाचन गराइसकेका छन् ।
संघको निर्वाचन आगामी माघ महिनामा गर्ने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


