शनिबार २६३ नयाँ संक्रमित थपिँदा ५०१ जना संक्रमणमुक्त

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ जनाको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५०१ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको छ ।
त्यस्तै, नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ४८९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


