डब्लुआइपिएल मार्चमा गर्ने बिसीसीआईको तयारी

एजेन्सी, २८ साउन । भारतीय क्रिकेट कन्ट्रो बोर्ड(बिसीसीआई)ले महिला इण्डियन प्रिमियर लिग (डब्लुआइपिएल) आगामी वर्षको मार्चमा गर्ने तयारी गरेको छ ।
बिसीसीआईले महिला आइपिएल मार्चमा गर्ने योजना बनाएको क्रिकइन्फोले जनाएको छ ।
बिसीसीआईले महिला आइपिएल आयोजनाका लागि महिला घरेलु प्रतियोगिताको खेल तालिका पनि परिवर्तन गरिसकेको छ । महिला क्रिकेटको सन् २०२२–२३ को सिजन अक्टोबर ११ बाट सुरु भएर फेब्रुअरीमा अन्त्य हुने भएको छ ।
बिसीसीआईले सन् २०१८ देखि आयोजना गर्दै आएको महिलाको टी–ट्वान्टी च्यालेन्जमा केवल ३ टोलीको सहभागिता हुने गरेको छ ।
प्रतियोगितामा कति टोली रहने निश्चित भईसकेको छैन । तर,बिसीसीआई स्रोतका अनुसार आइपिएलका हरेक टोली यस लिगका लागि फ्रेन्चाइज खरिद गर्न ईच्छुक देखिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


