नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने

काठमाडौं, २७ साउन । नेपाली फुटबलको नयाँ सिजन असोजदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायतका प्रतियोगिताको मिति तय गरेको छ ।
कार्यसमितिको निर्णयअनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् । फुटबल सिजन ९ महिनाको भए पनि फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र चल्ने छ ।
‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म गर्नका लागि प्रस्ताव भएको छ । निर्णय सार्वजनिक नभए पनि त्यही मितिमा लिग गर्ने एन्फाको तयारी रहेको महासचिव किरण राईले जानकारी दिए ।
‘ए’ डिभिजन लिगको पनि मिति प्रस्ताव भएको छ तर विज्ञप्तिमा त्यहाँ छुटेछ । अब साधारण सभाबाट यसलाई अनुमोदन गरिनेछ’, एन्फा महासचिव राईले भने । उनका अनुसार राष्ट्रिय लिगको विषयमा छलफल भए पनि अन्तिम निर्णय भएको छैन ।
एन्फा निर्वाचनअघि पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन । गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।
मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुँदैछ । यस्तै मंसिरमै नेपालमा निर्वाचन पनि हुनेछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा सुरु गर्न गर्न लागिएको हो । पोहोर लिग मंसिरमा सुरु गरेर फागुनमा सकिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


