यू–१७ फुटबल टोलीको बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

काठमाडौं, २७ साउन । यू–१७ राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू–१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको हो ।
यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो ।
श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपको समूह ’बी’ मा नेपाल, भारत र भुटान रहेको छ ।
यस्तै, समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । साफ यू–१७ आगामी ५ सेप्टेम्बरबाट सुरू हुनेछ ।
यस्तै, भियतनाममा हुने यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
बन्द प्रशिक्षणमा छनोट भएका खेलाडी
मुकेश घर्ती, रुबिन बोगटी, कृषल मोक्तान, सिमान्त थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लछु थापा, प्रशान्त लक्सम, कृष्णबहादुर थापा, निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी, समिर चन्द
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


