एजेन्सी, २७ साउन । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा मणिमुकुन्दलाई १ विकेटले हराउँदै ट्रिटनले प्रतियोगिताको उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेट्टायो ।

ट्रिटनका योगेन्द्र सिंह कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए ।

गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट ब्याटर, गोल्डेनगेटकै रूपेश सिंह उत्कृष्ट बलर भए ।