सुटिङका क्रममा शिल्पा शेट्टी घाइते

एजेन्सी, २६ साउन । फिल्म सुटिङका क्रममा बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन् ।
शिल्पाले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन् ।
तस्बिरमा उनी अस्पतालमा ह्विलचेयरमा बसेको देख्न सकिन्छ । खुट्टा भाँचिएर ह्विलचेयरमा भए पनि उनले मुस्कुराउँदै तस्बिरका लागि पोज दिएकी छन् ।
रोहित शेट्टीको निर्देशनमा बनिरहेको वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’को सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको हो । तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन् ।
फोटो राख्दै उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिन । तर, जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु । तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


