काठमाडौं, २६ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ ।

बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए ।

फिफा डेमा हुने उक्त खेलका लागि कुवेतमै रहेका राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीको नाम एन्फालाई पठाइसकेका छन् ।

जसमा यसअघि खेलाडी र प्रशिक्षकको विवादमा मुछिएङ्का १० मध्ये अन्जन विष्ट र तेज तामाङलाई पनि समावेश गरिएको छ ।