एसिसी एसिया कपको छनोट खेलहरू ओमानमा हुने

एजेन्सी, २५ साउन । एसिसी एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलहरू ओमानमा आयोजना हुने भएका छन् ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।
छनोट प्रतियोगिताअगस्टबाट २० देखि २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, यूएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।
एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ । यहाँबाट छनोट हुने टोली साविक विजेता भारत तथा पाकिस्तान रहेको समूह ‘ए मा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


