बुधबार ८६८ नयाँ संक्रमित थपिए, ४१४ जना संक्रमणमुक्त

काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ४१४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।
हाल देशभर संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ रहेको छ । जसमध्ये ५ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् ।
यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


