एजेन्सी, २४ साउन । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

नितिशले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा बुझाएका हुन् ।

राज्यपाललाई भेटेपछि नितिशले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए । उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीएबाट अलग हुन चाहेको जिकिर गरे । गठबन्धनमा संलग्न बीजेपीसँग मतभेदका बीच जनता दल–यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो ।

अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् ।