कोरोना संक्रमण बढेपछि भेरी अस्पतालले नर्स थप्दै

काठमाडौं, २४ साउन । कोरोना महामारीको दोस्रो लहरमा निभाएको भूमिकाका कारण निकै चर्चा भएको नेपालगन्जस्थित भेरी अस्पतालले फेरि कोरोना संक्रमणसँग लड्ने तयारी थालेको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमण बढ्न थालेपछि कोभिड वार्डमा जनशक्ति थप गर्न लागेको छ ।
भेरी अस्पतालले स्टाफ नर्स थप्ने तयारी गरेको छ । अस्पतालमा अघिल्लो पटक कोरोना महामारीमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो ।
कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो । उनीहरुमध्येबाट ८ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको अस्पतालले जानकारी दिएको छ ।
जिल्लामा कोरोना संक्रमित बढिरहे अस्पतालमा भर्ना भएका छैनन् । बाँकेमा ६५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


