मेडिकलका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढ्यो : शिक्षामन्त्री पौडेल

काठमाडौं, २३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन् ।
सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ ।’
मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उनले कार्यान्वयन गर्न निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


