हेटौंडामा ५ वटा सवारीसाधन एक आपसमा ठोक्किदा १५ जना घाइते

हेटौंडा, २३ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बससहित ५ वटा सवारीसाधन एक आपसमा ठोक्किदा एक दर्जन बढी घाईते भएका छन् ।
हेटौंडा–१५ को रातोमाटे नजिक ठूलो ट्रक, ट्याङकर, स्कुल बस र कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
उनले भने, ‘५ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाईते भएका छन् । मानविय क्षती भने भएको छैन् ।’
प्रहरी प्रवक्ता कार्कीले हाल घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


