अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

एजेन्सी, २२ साउन । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारीमा ४ जनाको मृत्यु भएको छ । प्रहरीले गोली बारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोला बारीमा उनीहरूको मृत्यु भएको हो । गोली चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न रहेका एक सन्दिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।
आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसङ्ख्या ८ हजार छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


