चिकित्सा शिक्षा स्नातक तहमा सशुल्कतर्फ पहिलो भर्ना सूची प्रकाशन

काठमाडौं, २२ साउन । चिकित्सा शिक्षा स्नातक तहमा सशुल्कतर्फ पहिलो भर्ना सूची प्रकाशन भएको छ ।
चिकित्सा शिक्षा आयोगले पूर्वभर्ना सूची परेका विद्यार्थीले स्वीकार, अस्वीकार वा परित्याग गरेपछिको भर्ना सूची प्रकाशन गरेको हो ।
भर्ना सूचीमा रहेका विद्यार्थीलाई स्वीकार, अस्वीकार वा परित्याग गर्ने समय आज साँझ ५ बजेसम्म दिइएको छ । त्यसपछि सूचीमा रहेका विद्यार्थीले सम्बन्धित विश्वविद्यलय तथा प्रतिष्ठानमा गई २६ गते साँझ ५ बजेसम्म भर्ना भर्ना गर्नुपर्नेछ ।
एकभन्दा बढी कार्यक्रमको भर्ना सूचीमा परेका विद्यार्थीले आफूले पढ्न चाहेको विषय स्वीकार र अर्काे विषय परित्याग गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


