भारत भन्दा नेपालको कोरोना संक्रमणदर ३ गुणा बढी

काठमाडौं, २२ साउन । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोछ ४१ लाख ४५ हजार ७३२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २६ हजार ६८९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यहाँ अहिले संक्रमणदर करिब ५ प्रतिशत छ । विवरण अनुसार कुल संक्रमतिमध्ये ०.३१ प्रतशित अस्तपालमा भर्ना भएका छन् ।
नेपालमा भने संक्रमणदर भारतको तुलनामा करिब ३ गुणा बढी छ । स्वास्थ्य मन्त्रालयको शनिबारको विवरण अनुसार पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट देखिनेदर १६.७ प्रतिशत छ । दुवै परीक्षणको संक्रमणदर १४ प्रतिशत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


