आइतबार ५५३ नयाँ संक्रमित थपिए, ४३३ जना संक्रमणमुक्त

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ४३३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ रहेको छ । जसमध्ये ५ हजार ५०७ जना होम आइसोलेसनमा रहेका छन् भने १५२ जना संस्थागत आइसोलेसन र ४५ जना आईसीयूमा छन् ।
यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


