आयुर्वेदका विस्तारित सेवाहरु थप जनमुखी र प्रभावकारी बन्नुपर्छ : उपमेयर साह

जनकपुरधाम, २१ साउन । आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि जनकपुरधाममा एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
श्री सिताराम ट्रष्टले आयोजना गरेको तालिमको उद्घाटनका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले तालिम पश्चात् आयुर्वेद स्वास्थ्यकर्मीहरुले नगरभित्र विस्तारित आयुर्वेद सेवालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने बताए ।
डाक्टर मनिष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उपमेयर साहले यस्ता तालिमले आयुर्वेदका विस्तारित सेवा कार्यक्रमहरु थप जनमुखी र प्रभावकारी हुने उल्लेख गरे । आयुर्वेद चिकित्सासँग सम्बन्धित तालिम हुनु आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत सबैलाई प्रेरणामूलक काम भएकोसमेत उनले बताए ।

आयुर्वेद पद्धतिको विकास भए नगरस्तरका सेवाग्राहीले समेत सर्वसुलभ सेवा पाउने उनको विश्वास छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


