शनिबार ६६० नयाँ संक्रमित थपिए, ४४४ जना संक्रमणमुक्त

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२६ र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ४४४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ । जसमध्ये ५ हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


