एजेन्सी, २१ साउन । इटालियन क्लब रोमाले मिडफिल्डर जर्जिन्हो विज्नाल्डमलाई अनुबन्ध गरेको छ ।

रोमाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डच कप्तान विज्नाल्डमलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

रोमाका प्रशिक्षक जोसे मोरिन्होले यस समरमा पाँचौं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेका हुन् ।

३१ वर्षीय विज्नाल्डम गत सिजन लिभरपुलबाट पिएसजी भित्रिएका थिए । फ्रेन्च क्लबका लागि गत सिजन ३७ खेल खेलेका उनले लिग वान उपाधि जितेका थिए ।