दाँत तथा मुखको समस्या सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न

जनकपुरधाम, २० साउन । ह्याप्पी स्माइल हेल्थ फाउण्डेशनले दाँत तथा मुखको समस्या सम्बन्धि दुई दिने चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
फाउण्डेशनले जनकपुरधामस्थित डेफोडिल्स पब्लिक स्कूलमा बालबालिकाको स्वस्थ्य मुख तथा दाँत सम्बन्धी चेतनामूलक कार्यक्रम बिहीबारदेखि सञ्चालन गरेको थियो ।
कार्यक्रममा विद्यालयका ५५० बालबालिकाको निशुल्क दन्त उपचार तथा परामर्श प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष डाक्टर मारिशा दाहालले बताइन् ।
डाक्टर दाहालले फाउण्डेशनले विगत करिव ५ वर्षदेखि स्वास्थ्य सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


